काठमाडौं। चिनियाँ सामानमा १० प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशबारे चीनको वाणिज्य मन्त्रालयले पनि प्रतिक्रिया दिएको छ, जसमा ट्रम्पको कदमविरुद्ध जवाफी कारबाही गर्ने भनिएको छ ।
चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, 'चीन यस कदमबाट पूर्ण रूपमा असन्तुष्ट छ र यसको कडा विरोध गर्दछ ।' यसले विश्व व्यापार संगठनको नियमको 'गम्भीर उल्लङ्घन' चीनको ठहर छ ।
चीनले यस्तो कदम चीन र अमेरिकाबीचको सामान्य आर्थिक तथा व्यापारिक सहयोगका लागि हानिकारक रहेको बताएको छ ।
चीनले अब अमेरिकाको 'गलत व्यवहार'विरुद्ध विश्व व्यापार संगठनमा मुद्दा हाल्ने र 'आफ्नो अधिकार र हितको रक्षा गर्न' प्रतिकारात्मक कदम चाल्ने जनाएको छ । चीनले अमेरिकालाई आफ्नो गलत अभ्यास सच्याउन र समस्याको सामना गर्न चीनसँग मिलेर काम गर्न अपील गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी चुनावमा दलकारिता: न्यूयोर्क टाइम्स कमला र न्यूयोर्क पोस्ट ट्रम्प पक्ष