काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक अनेकन धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको बताएका छन् ।
बुधबार जितिया पर्वका सन्दर्भमा शुभकामना सन्देशमार्फत् सभापति देउवा यस्तो बताएका हुन् । उनले जितिया पर्वको अवसरमा सम्पूर्ण थारू महिला दिदीबहिनीमा पार्टी र आफ्नो व्यक्तिगततर्फबाट सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
जितिया पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको सभापति देउवाको भनाइ छ । यो पर्व नेपालको तराईमा विशेष गरेर थारू महिलाले निराहर व्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै मनाउने गरिन्छ ।
सभापति देउवाले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भनी कामना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असोज २०८१, ०६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काङ्ग्रेस सभापति देउवाले कार्यकाल लम्बाउन बनाए यस्तो रणनीति
गैरसरकारी संस्थाभित्र पारदर्शिता हुनुपर्छ भन्ने आवाज छ : शेरबहादुर देउवा
उद्यमशीलताबाट रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता हो : देउवा
ल्होसारले बन्धुत्वको भावना मजबुत बनाउँछ : सभापति देउवा
पर्वहरूले सामूहिक भावना विकसित गर्न सहयोग पुर्याउँछन् : सभापति देउवा
सभापति देउवासँग अमेरिकी सहायक विदेश मन्त्री लुको भेट