काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कने कुनै माहोल नदेखेको बताएका छन्। धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राजतन्त्रको पक्षमा माहोल नदेखिएको बताए।
हिजो काठमाडौंमा राजावादीले गरेको प्रदर्शनबारे उनले भने, ‘कुनै माहोल देखेको छैन। हिजो काठमाडौंमा केही भएको छैन।’ प्रधानमन्त्रीलाई भारतले निम्तो दिएको छैन, पूर्वराजालाई पनि भारतले नै उचाल्यो भन्ने चर्चा हुन थालेको छ नि भन्ने जिज्ञासामा उनले थपे, ‘कसैले उचालेर उचालिने कुरै छैन।’
उनले दुई पार्टीबीच मिलेर बनेको सरकार ०८४ सम्म जाने र कुनै समस्या नभएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ फागुन २०८१, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतान्त्रिक शासन व्यवस्था कायम रहन्छः सभापति देउवा
ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक छैनन्: शेरबहादुर देउवा
होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छ : सभापति देउवा
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा
देउवाले बोलाए शीर्ष नेताहरूको बैठक
प्रत्येक चाडपर्वलाई सबैले आदर र सम्मान गर्नुपर्छ : सभापति देउवा