काठमाडौँ । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिएको हो । रासस
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असोज २०८१, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पको केन्द्र सिन्धुपाल्चोकमा कहाँ कति क्षति भयो ?
भूकम्पपछि भाग्दा एक बन्दी घाइतेः कोदारीको ब्यारेक भवनमा क्षति
अपडेट : सिन्धुपाल्चोक केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प
काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का
असममा ५.० रेक्टर स्केलको भूकम्प
इन्डोनेसियामा शक्तिशाली भूकम्प