भैरहवा क्याम्पसमा विद्यार्थी संगठनका विद्यार्थीले गरे तोडफोड

सफल खबर संवाददाता

सोमबार, १९ फागुन २०८१, १६ : ५४
भैरहवा क्याम्पसमा विद्यार्थी संगठनका विद्यार्थीले गरे तोडफोड

काठमाडौँ । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा सत्तारुढ बाहिर रहेका दल निकट विद्यार्थी संगठनहरुले स्ववियू निर्वाचनको विषयलाई लिएर तोडफोड गरेका छन् ।

सोमबार स्ववियु निर्वाचनका लागि संगठन दाताको लागि एमालेनिकट अनेरास्ववियुलगायतका विद्यार्थी संगठनहरु क्याम्पस प्रवेश गरेपछि समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेस विद्यार्थी युनियनले कुर्सी तोडफोड गरेको अनेरास्ववियु क्याम्पस अध्यक्ष विवेक भण्डारीले जनाएका छन् ।

उनीहरूले क्याम्पसमा प्रथम वर्षको भर्ना खोल्न माग गर्दै आए पनि त्यो नगरेर निर्वाचनको प्रक्रियामा गएको भन्दै असन्तुष्ट जनाउँदै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस