काठमाडौँ । पर्साको कालिकामाई गाउँपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कटिबलुवाका एक दर्जन बढी विद्यार्थीहरू अचानक बेहोस भएका छन् ।
उक्त विद्यालयमा अध्ययनरत एचपीभी खोप लगाएका १४ जना किशोरीहरू अचानक बेहोस भएको प्रधानाध्यापक इन्द्रदेव प्रसाद कुर्नीले जानकारी दिए । किशोरीहरूले केही दिन अघि एचपीभी खोप लगाएको कुर्नीले बताए ।
अभिभावकहरूले भने एचपीभी खोप लगाएका कारण छोरीहरू बेहोस भएको हुनसक्ने आशंका गरेका छन् । बेहोस भएका विद्यार्थीहरूलाई पोखरिया अस्पतालमा उपचारका लागि पठाइएको छ । तर उपचारमा संलग्न डक्टरहरूले भने एचपीभी खोप लगाएकै कारण उनीहरू बेहोस भएको पुष्टि भने गरेका छैनन् ।
प्रधानाध्यापक कुर्नीका अनुसार सोमबार बिहान विद्यालयमा प्रार्थना गरिरहेको बेला विद्यार्थीहरू एक्कासी बेहोस भएका हुन् । बेहोस हुनेमा एक जना किशोर पनि छन् ।
विद्यार्थीहरूले अचानक टाउको दुख्ने, कमजोरी महसुस भएको बताएको र केही समयपछि एकाएक बेहोस भएर भुईँमा ढल्न थालेपछि उपचारका लागि पोखरिया अस्पतालमामा लगिएको कुर्नीले जानकारी दिए ।
बेहोस हुनुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०८१, १६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१३ लाख किशोरीले लगाए एचपीभी खोप
‘एचपीभी’ खोप ढुक्कसँग लगाउनुहोस् यसले असर गर्दैन’
देशभर ३ लाख ५५ हजार किशोरीले लगाए एचपीभी खोप
प्रधानमन्त्रीबाट एचपीभी खोप अभियान शुभारम्भ
गण्डकीका एक लाख किशोरीलाई दिइँदै छ एचपीभी खोप
सात हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइँदै