इटालियन गोलकिपर बुफोन नेपालमा

सफल खबर संवाददाता

आइतबार, १८ फागुन २०८१, १५ : ०३
इटालियन गोलकिपर बुफोन नेपालमा

काठमाडौँ । विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल आएका छन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन दिउँसो नेपाल आएका हुन् ।

केपी ओली कपको फाइनल खेल भोलि दशरथ रंगशालामा हुँदैछ । बुफनले भिडीयोमार्फत् नेपाल आउन लागेको जानकारी गराएका थिए । उनले भिडियोमा नेपालीमै सम्बोधन गरेका थिए । केपी ओली कपको उपाधिका लागि मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबले खेल्ने छन् ।

दशरथ रंगशालामा हिजो भएको दोस्रो सेमिफाइनलमा आयोजक केपी एफसीलाई चार गोलको फराकिलो अन्तरले हराउँदै मच्छिन्द्र उपाधि नजिक पुगेको हो । त्यस्तै अस्ति भएको पहिलो सेमिफाइनलमा स.कटा क्लबलाई २-१ ले हराउँदै आर्मी फाइनलमा पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस