काठमाडौँ । नेपाल प्रहरीका निवर्तमान एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना अधिकृतहरूले सर्वोच्चमा दायर गरेको निवेदन फिर्ता लिएका छन् ।
उमेर हदका कारण अवकाश रोक्न माग गरेर ज्ञवालीसहित डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमा न्यायाधीश सारङ्गा सुवेदीलेको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो ।
सर्वोच्च अदालतले उमेर हद्दका कारण अवकाश नगर्न अन्तरिम आदेश नदिएपछि उच्च अधिकृतहरू पछि हटेका छन् । प्रहरी नियमावली–२०७१ अनुसार दर्जागत उमेरका कारण अवकाशमा जाने व्यवस्था छ । उच्च प्रहरी अधिकृतहरूले सो व्यवस्था हटाउन माग गरेका थिए ।
सर्वोच्च अदालतमा दिएको निवेदन फिर्ता लिइएको डीआईजी राजेशनाथ बास्तोलाले बताए । उनले भने, ‘निवेदन फिर्ता लिएका छौँ ।’ प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् । श्याम ज्ञवाली ५६ वर्षे उमेर हद पुरा गरेर भदौ २५ मा अवकाशमा गएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असोज २०८१, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ जना प्राविधिक प्रहरी अधिकृतहरूले लगाए बढुवाको फुली
न्याय सेवाका ५ उपसचिव र ३९ शाखा अधिकृतसहित ४४ अधिकृतको सरुवा (सूचीसहित)
नागरिकता बिक्री प्रकरण : दुई अधिकृत पुर्पक्षमा
११ जना अधिकृतलाई बढुवा गर्ने सरकारको निर्णय
सशस्त्रका ३ अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन