सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

सफल खबर संवाददाता

शुक्रबार, ०४ असोज २०८१, ११ : ०७
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ५०० रुपैयाँले बढेर एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुनको मूल्य तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको  थियो । 

 

प्रतिक्रिया दिनुहोस