नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा मास्टर डेभिड कार्डको सुरुवात

सफल खबर संवाददाता

बुधबार, २४ असोज २०७५, १९ : ५८
नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा मास्टर डेभिड कार्डको सुरुवात

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट बैंकले ग्राहकहरुको आर्थिक कारोवारमा सहजता प्रदान गर्ने उद्देश्यले मास्टरकार्डसँग सहकार्य गरी मास्टर डेभिड कार्डको सुरुवात गरेको छ ।

बैंकले आन्तरिक र बाह्य बजारलाई लक्षित गरी दुई प्रकारको कार्ड प्रयोगमा ल्याएको हो । स्थानीय कार्ड नेपाल लगायत भारतमा प्रयोग गर्न सकिनेछ भने अन्तराष्र्टिय कार्ड विश्वभर प्रयोग गर्न सकिने बैंकले जनाएको छ । नेपालीहरुको महान चाडपर्व नजिकिदै गर्दा आफ्ना ग्राहकहरुलाई एनआइविएल मास्टरकार्डले आर्थिक कारोबार गर्न सहयोग पु¥याउनेमा नेपाल इन्भस्टमेन्ट बैंकले विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस