एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु बाँकेको त्रिभुवन चोक र सम्झना चोकमा

सफल खबर संवाददाता

बुधबार, २४ असोज २०७५, १९ : ०६
एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु बाँकेको त्रिभुवन चोक र सम्झना चोकमा

काठमाडौँ । एनआई सी एशिया बैंकको दुई नयाँ शाखाकार्यालयहरु नेपालगञ्जउप–महानगरपालिका वडा नं. ८ स्थित त्रिभुवन चोक शाखाको एनआइ सी एशियाबंैकका संचालक राजेन्द्र प्रसाद अर्याल तथा बैजनाथ गाउँपालिका वडा नं.६ स्थित सम्झना चोक शाखाको नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक बिमल राज खनालबाट आज बुधवार एक समारोहकाबीच समुद्घाटन भयो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ६१ शाखा कार्यालयहरु, २ सय ५३ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. १ सय ९९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १ सय ६४ अर्ब तथा कर्जा रू. १ सय ३८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यावस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस