आगामी शनिबार बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

सफल खबर संवाददाता

बुधबार, २४ असोज २०७५, १८ : ३०
आगामी शनिबार बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई आगामी शनिबार (२७ गते) बैंक खुला राख्न निर्देशन दिएको छ । अर्थमन्त्रालय राजस्व  व्यवस्थापन महाशाखाले २७ गते शनिबार सार्वजनिक  विदा भएपनि राजस्व बुझ्ने सबै बैंकको काउन्टर र शाखा पुरै समय खुला राख्न राष्ट्र बैंकलाई सोमबार (२२ गते)  परिपत्र गरेपछि राष्ट्र बैंकले त्यस्ता बैंकलाई  शनिबार खुला राख्न निर्देशन दिएको हो ।

चेक क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउसलाई पनि  शनिवार समेत खुला राख्न राष्ट्र बैंकले भनेको छ ।

प्रतिक्रिया दिनुहोस