काठमाडौँ । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामाथि उठेको प्रश्नबारे साझा धारणा बनाउनेबारे छलफल भएको छ ।बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले पार्टीको संसदीय दल र सत्तारुढ दल बसेर साझा धारणा बनाउने निर्णय गरेको हो ।
उपसभामुखले गर्नै नहुने काम गर्नुभयो, कुटनीतिक नियोगलाई पत्र लेख्ने जुन काम गर्नुभयो । यसले नेपालको संसदलाई नै अपमान गरेको कांग्रेसको बुझाइ छ’, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने, ‘यो विषय गम्भीर छ ।
यसले मुलुकलाई अपमान गरेको कांग्रेसको बुझाई छ । कसरी जाने भन्नेमा हाम्रो संसदीय दलको बैठक र सत्तारुढको समेत बैठक बसेर साझा धारणा बनाउँछौ ।’कांग्रेसको बैठकअघि सत्तारुढ दलको बैठक बस्न लागेको घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ भदौ २०८१, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छ : कांग्रेस
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु
रास्वपा सांसदको अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति, कानूनी उपचारमा जाने चेताव
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा