नबिल बैंकका दुई म्युचुअल फन्डको लाभांश घोषणा

सफल खबर संवाददाता

बुधबार, २६ भदौ २०८१, ११ : १३
नबिल बैंकका दुई म्युचुअल फन्डको लाभांश घोषणा

काठमाडौँ । नबिल बैंकका दुई म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन् । नबिल ब्यालेन्स फन्ड– २ र नबिल फ्लेक्सी क्यापले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

नबिल ब्यालेन्स फन्ड–२ ले करसहित ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यस फन्डको बुक क्लोज मिति असोज ११ गतेका लागि तोकिएको छ ।त्यस्तै नबिल फ्लेक्सी क्यापले ५ प्रतिशत नगद लाभांश दिने भएको छ । यसको बुक क्लोज भने आज तोकिएको छ ।