नमस्ते पे वालेटमा नबिल बैंकमार्फत ब्यालेन्स लोड गर्दा स्मार्टवाच र ईयरबड्स जित्ने मौका

सफल खबर संवाददाता

शनिबार, ०८ भदौ २०८१, १५ : ४२
नमस्ते पे वालेटमा नबिल बैंकमार्फत ब्यालेन्स लोड गर्दा स्मार्टवाच र ईयरबड्स जित्ने मौका

काठमाडौं।  नबिल बैंकमार्फत नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा स्मार्टवाच र ईयरबड्स जित्ने नयाँ अफर सार्वजनिक भएको छ । यो अफर २१ भदौ २०८१ सम्म मान्य हुने नमस्ते पेले जनाएको छ । प्रयोगकर्ताहरूले आफ्नो नमस्ते पे वालेटमा नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ब्यालेन्स लोड गर्न सक्नेछन् ।

साथै लक्की ड्र मार्फत एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टवाच र दुई भाग्यशाली प्रयोगकर्ताहरूले ईयरबड्स जित्न सक्नेछन्।यो अफरमा सहभागी हुनका लागि प्रयोगकर्ताहरूले नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर नमस्ते पे वालेटमा ब्यालेन्स लोड गरी अफर अवधिभर बैंक ट्रान्सफर र वालेट टु वालेट ट्रान्सफर बाहेक कुनै पनि सेवाको कम्तीमा एक पटक भुक्तानी गरेको हुनुपर्दछ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा शुरू गरिएको डिजिटल भुक्तानी सेवा हो।

आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ।

जस अनुरूप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्नेछन् ।रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन्। नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले USSD (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस