काठमाडौं। भियतनाममा यागी नामक शक्तिशाली आँधीपछि आएको बाढी पहिरोले कम्तीमा ६५ जनाको मृत्यु भएको छ। ३९ जना अझै पनि बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । धेरै जनाको मृत्यु बाढी-पहिरोमा परी भएको समाचारमा उल्लेख छ । बाढी पहिरोमा परेर ७५२ जना घाइते छन् ।
उत्तरी भियतनामका धेरै नदीहरूमा पानीको स्तर खतराको उच्च तहमा पुगेको छ ।काओ बंग प्रान्तमा वर्षापछि आएको पहिरोले २० जना सवार बसलाई बगाएको थियो ।
यस्तै, जलमग्न रेड नदीको स्टिल पुल ढलेको छ । पुल भत्किएपछि केही मोटरसाइकल, कार र ट्रक नदीमा खसेको समाचारमा उल्लेख छ । यागी भियतनाममा १४९ किलोमिटर प्रतिघण्टाको गतिको साथ अवतरण गरेका थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ भदौ २०८१, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र भियतनामबीच चार्टर उडान हुँदै, १ लाख ९ हजारमा ५ दिनको टुर प्याकेज
ठगी मुद्दामा भियतनामी अर्बपतिलाई मृत्युदण्ड
जुआन भियतनामको कार्यवाहक राष्ट्रपतिमा नियुक्त