पलेशालाई माओवादी अध्यक्ष प्रचण्डले गरे सम्मान

सफल खबर संवाददाता

शुक्रबार, २१ भदौ २०८१, ११ : २७
पलेशालाई माओवादी अध्यक्ष प्रचण्डले गरे सम्मान

काठमाडौ । पाराओलम्पिक खेलकुदमा नेपाललाई पहिलोपटक पदक दिलाउने पलेशा गोवर्धनलाई पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गरेका छन्। 

आफ्नो निवास खुमलटारमा प्रचण्डले पलेशासहित कोच, व्यवस्थापक र पलेसाका बुवालाई सम्मान गरेका हुन्।

पलेशाले पेरिसमा भएको पाराओलम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहमा काँस्य पदक जितेकी थिइन्। जुन नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो पदक हो।

पलेसालाई ६५ लाख पुरस्कार सहित सम्मान गर्ने सरकारले जनाएको छ। 

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्वकप फुटबलमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख,  रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ। 

प्रतिक्रिया दिनुहोस