काठमाडौँ । समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । दिउसो २ बजे एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो ।
पछिल्लो समय समाजवादी मोर्चा निष्क्रिय रहेको अवस्थामा गत शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिचको वार्तापछि बैठक बोलाउने समझदारी भएको थियो ।
४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए । पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने मोर्चामा सक्रिय छैन ।
यसअघि माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा बसिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माघ २४ गते काठमाडौँमा विरोध सभा गर्ने समाजवादी मोर्चाको निर्णय
आलोकनगरमा समाजवादी मोर्चाको बैठक
समाजवादी मोर्चाको वृहत् अन्तरक्रिया कार्यक्रम आज
समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा बृहत कार्यक्रम गर्ने
६ महिनापछि पहिलो पटक समाजवादी मोर्चाको बैठक आलोकनगरमा
समाजवादी मोर्चाको बैठक बस्दै