काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतका चारवटा संसदीय समितिको बैठक आज बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बस्नेछ । बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन_ विधेयक, २०८० मा दफावार छलफल हुनेछ ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा छलफल गर्ने कार्यसूची छ ।
बिहान ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० भदौ २०८१, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुने घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिको निर्देशन
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
पाँच वटा संसदीय समितिको बैठक बस्दै
शिक्षा विधेयकमा सहमति जुटाउन उपसमिति बनाउँदै संसदीय समिति
आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसदीय समिति बैठकमा पानीजहाज सञ्चालन र व्यवस्थापन विधेयकमा छलफल हुँदै