तारा एयरले पुनः पोखरा-जोमसोम उडान गर्ने

सफल खबर संवाददाता

सोमबार, १७ भदौ २०८१, १६ : १३
तारा एयरले पुनः पोखरा-जोमसोम उडान गर्ने

काठमाडौँ । प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा-जोमसोम रुटमा मंगलबारबाट नियमित उडान हुने भएको छ । तारा एयरले १८ भदौ मंगलबारबाट नियमित गर्ने भएको हो । पर्यटक सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय सुरु भएकाले उडान नियमित हुन लागेको कम्पनीले जनाएको छ ।

जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा जहाज पोखरामै रात्रि बिसान गर्ने छ । हालका लागि मौसम अनुकूल भए दैनिक पाँच उडान गर्ने गरी तालिका मिलाइएको छ । तारा एयरको उडान पोखराको पुरानो एयरपोर्टबाट नै सञ्चालन हुनेछ । मुस्ताङस्थित जोमसोम विमानस्थल समुद्री सतहबाट २ हजार ७ सय ३६ मिटर उचाइमा र लम्बाइ ७ सय ३९ मिटर छ ।

यसैगरी पर्यटक सिजनका लागि तारा एयरले रामेछाप-लुक्ला-रामेछापका लागि ४ असोज अर्थात् २० सेप्टेम्बरदेखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ । सगरमाथा क्षेत्र जाने पर्यटकका लागि विभिन्न वायुसेवा कम्पनीले रामेछाप मन्थली विमानस्थलबाट सोलुखुम्बु लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस