काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सफाइ पेस गरेका छन् ।
घिसिङले मन्त्रिपरिषद्को २१ फागुनमा भएको निर्णय अनुसार चार बुँदामा सफाइ पेस गर्न २२ फागुनमा पत्रमार्फत जानकारी हुन आएको भन्दै आफूमाथि लागेका आरोप सम्बन्धमा आइतबार ऊर्जा मन्त्रालयलाई सफाइ पेस गरेका हुन् ।
५ माघ २०७८ मा प्राधिकरणसँग भएको कार्यसम्पादन सम्झौता अनुसार आर्थिक वर्ष २०७८-७९ मा ९४.२३ र २०७९-८० मा ९८.९४ अंक प्राप्त भएको र २०८०-८१ मा ९८.९९ अंक प्राप्त हुने वस्तुगत अवस्था सहित मूल्यांकन प्रयोजनार्थ पेस भएको घिसिङले सफाइ दिएका छन् ।
सम्झौता पत्रमा कार्यसम्पादन पेस गर्नुपर्ने म्याद नतोकिएको र विगतको अभ्यास अनुरूप नै २०८०र८१ को कार्यसम्पादन प्रतिवेदनको पूर्वाग्रह रहित मूल्यांकन भई उचित अंक पाउनुपर्ने उनको भनाइ छ । सोही अंकका आधारमा आफ्नो प्रोत्साहन भत्ता निर्धारण हुने व्यवस्था रहेको उनले सफाइ पत्रमा लेखका छन् ।
सम्झौता पत्र अनुसार मूल्यांकन गरिँदा ५० प्रतिशत अंक प्राप्त हुन नसके विद्युत् प्राधिकरणले सम्झौता पत्र वा नियुक्ति पत्र रद्द गर्न सिफारिस गर्न सक्ने र यसरी सिफारिस गर्नुअघि सुनुवाइको मौका दिने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, १८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानलाई कार्यसम्पादनमा शून्य अंक दिएकोप्रति माओवादीको आपत्ति
कुलमान घिसिङको स्पष्टीकरण : आफूमाथि लागेको आरोप अस्वीकार्य, पदबाट हटाउन चुनौती
मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौँ : कुलमान घिसिङ
लोडसेडिङ हुँदा रमाउने जमात कति रहेछ, अहिले हेरिरहेको छु : कुलमान घिसिङ
कुलमानलाई आजको मन्त्रिपरिषदले निर्देशकबाट हटाउने तयारी