काठमाडौं। नेकपा (माओवादी) केन्द्रको सचिवालय बैठक भोलि सोमबारका लागि सरेको छ । यसअघि आइतबारका लागि बैठक तय भएको थियो । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका केही नेता काठमाडौं नआइपुगेकोले सचिवालय बैठक सोमबारका लागि सारिएको माओवादी केन्द्रले जनाएको छ।
बैठकमा सोमबार बिहान बस्नेबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै जानकारी दिएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई आइतबार भर्चुअल रूपमा सम्बोधन गर्दै प्रचण्डले सचिवालय बैठक बस्नेबारे जानकारी गराएका हुन्।
माओवादीले जारी तराई-मधेश जागरण अभियान केही दिनका लागि स्थगित गरेर नेताहरू काठमाडौं केन्द्रित भएका छन् ।
काठमाडौंको राजनीतिक गतिविधिका कारण केही दिनपछि मात्र अभियानलाई निरन्तरता दिने योजना रहेको प्रचण्डले बताए । सोमबारको सचिवालय बैठकमा अभियानसहित अन्य महत्त्वपूर्ण विषयमा छलफल गरिने प्रचण्डले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, १६ : ३८
लेखकबाट थप