बहुपहिचानका आधारमा कोशी प्रदेशको पुनः नामाकरण गर्न माओवादीको माग

सफल खबर संवाददाता

आइतबार, १६ भदौ २०८१, १७ : ३८
बहुपहिचानका आधारमा कोशी प्रदेशको पुनः नामाकरण गर्न माओवादीको माग

विराटनगर  ।  नेकपा माओवादी केन्द्रले बहुपहिचानका आधारमा कोशी प्रदेशको पुनः नाकारण गर्न माग गरेको छ । 
सो पार्टीका कोशी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईंले आइतबार प्रदेशसभा बैठममा बोल्दै काँग्रेस र एमालेको दुई तिहाइको सरकार बन्न लागेकाले नामाकरणका लागि उपयुक्त समय आएको बताए । 

विगतमा सरकारमा छँदा कोशी प्रदेश राख्ने निर्णयमा गल्ती भएको आफ्नो दलको स्थायी समितिले स्वीकार गरिसकेको, काँग्रेसका १४ जिल्ला सभापतिले सामूहिक विज्ञप्ति जारी गर्दै पुनःनामाकरणको माग गरेको तथा नेकपा एकीकृत समाजवादीले फरक मत राखेको स्मरण गरे । ‘आज प्रदेश सरकारमा नेकपा एमालेसँग नेपाली कांग्रेस सत्ता साझेदारा  रुपमा छ । प्रदेश नामाकरणपछि उत्पन्न समस्या र निकासका बारेमा तत्कालीन अवस्थामा नेपाली कांग्रेसका १४ जिल्लाका सभापतिहरुले विज्ञप्ति नै जारी गरेर जनभावनाअनुसार प्रदेशको पुनः नामाकरण गरौं भन्नु भएको विषय म उहाँहरुलाई स्मरण गराउन चाहान्छु’, चापागाईंले भने, ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिले गल्ती भयो भनेको सन्दर्भ र नेकपा एकीकृत समाजवादीको फरक मतसमेतको पृष्ठभूमिमा म आग्रह गर्दछु, प्रदेश नामाकरणले उत्पन्न गरेको  समस्या हल गर्ने उपयुक्त समय यही हो किन कि दुईतिहाई बहुमतको सरकार तपाईंहरुसँग छ ।’  

चापागाईंले प्रदेशको पुनः नामाकरणका लागि साथ दिन प्रमुख प्रतिपक्षसहति विपक्षी दलहरुले निःसर्त सत्तापक्षलाई साथ दिन तयार रहेको प्रतिबद्धता जनाए । प्रदेशसभाको २० महिनाको कार्यकालमा छैटौंपटक सरकार फेरबदल भएको भन्दै चापागाईंले नाटकीय र रहस्यमय ढंगले रातारात संघमा पहिलो र दोस्रो ठूला  दल काँग्रेस–एमालेको निर्माण भएसँगै प्रदेशमा पनि सरकार परिवर्तन भए पनि ननभिजिनरी र अविश्वसनीय छविका ‘क्याट्रीकवाला मुख्यमन्त्री पाएको भन्द्र व्यंग्य गरे । कोशीमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री छन् । कार्की यसअघि पनि दुईपटक मुख्यमन्त्री भइसकेका छन् । प्रदेश सरकारप्रति आशा, विश्वास र भरोसा नभए पनि शंकाको सुविधान दिने भन्दै उनले प्रदेशले स्थायित्व पाउने र समस्याहरुको वस्तुसंगत समाधान हुने आशा आफूहरुले लिएको बताए । उनले दुईतिहाई बहुमत प्रदेशको विकास र समृद्धिमा प्रयोग गर्ने कि  आग्रह–पुर्वाग्रह, छलछाम, उपयोग र निषेधका निम्ति दुरुपयोग गर्ने भन्ने प्रश्न मुख्यमन्त्री कार्कीसँग गरे । चापागाईंले 
दुईतिहाई बहुमत सुशासन, पारदर्शीता र विकासका निम्ति प्रयोग गर्न सुझाव दिँदै विगतकै जस्तो प्राथमिकताबिहीन शिलान्यास र उद्घाटनमा  समय नखर्चन सुझाए । चापागाईंले  भौतिक पूर्वाधार क्षेत्रमा रणनीतिक महत्वका योजनाहरुको सञ्चालनसहित विकसित र र समृद्ध प्रदेश निर्माणमा लाग्न तथा विगतमा जस्तो आफू र आफ्नालाई पोस्न सेटिङ र कमिसनका निम्ति कनिका छरे जसरी बजेट नछर्न चेतावनी दिए । चापागाईंले जनतामा उत्पन्न भय ,निराशा र असन्तोष सम्बोधन गर्ने गरी काम गर्न प्रदेश सरकारलाई आग्रह गरे । 

प्रदेश संरचना र यसको स्थायीत्व तथा समानुपातिक निर्वाचन प्रणाली र समावेशीतालाई लिएर जबर्जस्त प्रश्नहरु उठाउन खोजिएको भन्दै संविधान संशोधनसहित दुई दलीय व्यवस्था स्थापना गर्ने  काँग्रेस–एमाले सहमतिलाई प्रतिगमनको संज्ञा दिए । गणितको घमण्डमा गरिने त्यस्ता प्रतिगामी हर्कत मान्य नहुने भन्दै उनले त्यसो गरिए संसद र सडकबाट सशक्त प्रतिवाद गरिने चेतावनी दिए । 

फरक प्रसंगमा उनले निवर्तमान मुख्यमन्त्री एवं सत्तारुढ काँग्रेस संसदीय दलका नेता केदार कार्कीले पत्रकार सम्मेलनमार्फत सेटिङमा आएको बजेट स्वीकार्य नहुने अभिव्यक्ति दिएको विषयमा समेत चापागाईंले सत्तापक्षको जवाफ माग गरे ।

प्रतिक्रिया दिनुहोस