काठमाडौँ । विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरूको उजुरीकर्ताहरुसँग आज छलफल हुने भएको छ । संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ अनुसार उनीहरूको सुनुवाइ हुन लागेको हो ।
प्रस्तावित कार्यतालिका अनुसार आज उजुरीकर्ताहरूलाई समिति समक्ष आमन्त्रण गरी उजुरी सुनिनेछ । त्यसपछि भदौ १६ गतेदेखि २० गतेसम्म प्रस्तावित राजदूतहरूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिने बताइएको छ ।
राजदूतहरूबारे २४ गते र २५ गते छलफल गरी निर्णय सुनाइने कार्यतालिकामा उल्लेख छ । भदौ २१ गते तिज, २२ गते शनिबार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।
उजुरी थोरै भएकाले सुनुवाइ प्रक्रिया छोटिन पनि सक्ने समितिको निष्कर्ष छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस
राजदूत नेपालीले प्रस्तुत गरे ओहोदाको प्रमाणपत्र
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
भारतीय राजदूतले दिल्लीबाट फर्केलगत्तै किन भेटे कांग्रेस सभापति देउवा ?
राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत