काठमाडौं। उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सुरक्षित र व्यवस्थित शहर बनाउन मन्त्रालयले काम गरिरहेको बताएका छन् । मंगलबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।
मन्त्रालयले शहरी विकास र पूर्वाधार निर्माणको काम शहर र ग्रामीण क्षेत्र दुवैलाई प्राथमिकतामा राखेर गर्ने उनको भनाइ छ । उपत्यकाका बागमती, विष्णुमतीलगायतका नदीमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास गरिरहेकको उनले बताए । परिणाम देखिन केही समय लाग्ने उनको भनाइ छ ।
'जसरी चलिरहेको छ त्यसैगरी चलाऊँ भनेर हुँदैन । सुधारका लागि काम गर्न प्रयास गरिरहेको छु । त्यसमा केही समय लाग्छ,' उनले भने, 'संविधानले दिएको अधिकारलाई आवश्यक कानून बनाएर कार्यान्वयन गर्दै सबै जनताले परिवर्तनको महसुस गराउन सक्नुपर्छ।'
अहिलेकाे सरकारलाई काम नगर्ने छुट नभएको भन्दै उनले सरकारले जनतामा आशा जगाउने गरी काम गर्ने बताए ।देशभर सुरक्षित र व्यवस्थित शहर बनाउन मन्त्रालयले काम गरिरहेको पनि उनले बताए ।
मन्त्री सिंहले राजधानीलाई व्यवस्थित बनाउन र उपत्यकाका नदी प्रणाली सुधार्ने काम प्राथमिकताका साथ अघि बढिरहेको बताए । उक्त काम काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गरिरहेका छन् ।उपप्रधानमन्त्री सिंहले सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न पनि आह्वान गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ भदौ २०८१, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौं : उपप्रधानमन्त्री सिंह
केही भएन र गरेन भन्ने तर काम सुरु गरेपछि विरोध गर्ने ? : उपप्रधानमन्त्री सिंह
बिचमै सरकार ढाल्ने र बन्ने खेल नहुने आशा जाग्यो : सिंह
पीएल सिंहको कन्भिन्सिङ पावर मोडललाई सबैले सिक्नुपर्छ : प्रकाशमान सिंह
राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्त्वपूर्ण हुन्छ : उपप्रधानमन्त्री सिंह
नेपाल संवत् ११४५ लाई भव्य रूपमा मनाऔँ : उपप्रधानमन्त्री सिंह