टहरोमा पहिरो खस्दा जाजरकोटमा एकैघरका ३ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०३ भदौ २०८१, १० : ४८
टहरोमा पहिरो खस्दा जाजरकोटमा एकैघरका ३ जनाको मृत्यु

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परेर एकाघरका तीनजनाको मृत्यु भएको छ।  

मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, उनकी पत्नी ३४ वर्षीया मनिसा परियार र उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन्। 

उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बस्ने गरेका थिए। टहरामै पहिरो खस्दा उनीहरुको मृत्यु भएको  नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए। 

इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ। घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै छ।

प्रतिक्रिया दिनुहोस