काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले अर्थतन्त्रमा रहेको मन्दीलाई चिर्न कार्यक्रमहरू बनाइरहेको बताएका छन् ।शनिवार काठमाडौँमा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले मन्त्री अर्थतन्त्रलाई सबल बनाउन कार्यक्रमहरू बनाइरहेको बताए ।
उनले आम नेपालीको अपेक्षालाई मूर्त रूप दिन वर्तमान सरकार बनेको जिकिर गरे । उनले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रूपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको बताए ।
आफूहरू पदमा गएर झन्डा फरफराएर, आनन्द लिनका लागि राजनीतिमा नलागेको भन्दै उनले देशको अवस्थालाई राम्रोसँग बुझेर भएका अप्ठ्यारा पन्छाएर जनतालाई राहत दिन अघि बढिरहेको बताए ।
उपप्रधानमन्त्री सिंहले काठमाडौँको १ नम्बर निर्वाचन क्षेत्रको विकास निर्माणका काममा प्रभावकारीताका साथ अघि बढ्ने प्रतिबद्धता जनाए । वर्तमान सरकार नै राम्रोसँग नटिक्ने जनताको गुनासोपछि संसद्को सबैभन्दा ठुलो दल कांग्रेस र एमाले मिलेर सरकार गठन गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ भदौ २०८१, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पीएल सिंहको कन्भिन्सिङ पावर मोडललाई सबैले सिक्नुपर्छ : प्रकाशमान सिंह
राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्त्वपूर्ण हुन्छ : उपप्रधानमन्त्री सिंह
नेपाल संवत् ११४५ लाई भव्य रूपमा मनाऔँ : उपप्रधानमन्त्री सिंह
जनताको नैराश्य रोक्न दुई ठुला दल मिलेर सरकार बनाइयो : उपप्रधानमन्त्री सिंह
प्रतिनिधिसभामा महिला सहभागिता अन्तर्राष्ट्रिय क्षेत्रमै उदाहरणीय : मन्त्री सिंह
जहाँ नदीहरू सरर बग्छ, त्यहाँ संस्कृति पनि बगेको हुन्छ : मन्त्री सिंह