प्रभु बैंक र बुद्ध एयरबिच छुट सम्झौता

सफल खबर संवाददाता

विहीबार, ३१ साउन २०८१, १६ : १४
प्रभु बैंक र बुद्ध एयरबिच छुट सम्झौता

काठमाडौँ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई बुद्ध एयरको सेवामा छुट दिने सम्झौता भएको छ ।सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८% छुट प्राप्त गर्न सक्ने छन् ।

एक समारोहका बिच सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्धव लाल कायस्थले हस्ताक्षर गरे ।

बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको बैंकले जनाएको छ ।