प्रभु बैंकका ग्राहकले बागलुङका दुई होटलमा विशेष छुट पाउने

सफल खबर संवाददाता

आइतबार, २० जेठ २०८१, १४ : ४४
प्रभु बैंकका ग्राहकले बागलुङका दुई होटलमा विशेष छुट पाउने

काठमाडौं। प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई बागलुङमा रहेको न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैँकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरद्वारा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम सञ्चालनमा रहेका छन् । साथै बैंकले ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई सुविधा दिइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।