काठमाडौँ । सेयर बजारमा हालसम्मकै उच्च कारोबार हुँदै झण्डै ३० हजार रुपैयाँ रेकर्ड राखेको छ ।साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार कारोबार खुलेको केही मिनेटमा नै सेयर बजारले ३ हजारको विन्दु क्रस गरेको थियो भने ६ अर्बमाथिको कारोबार भएको थियो ।
अन्तिम समयसम्म तीव्र उतारचढावका बिच अन्ततः नेप्से सूचक ४३.०५ अंकले बढ्दै ३ हजार ८१ विन्दुमा अड्डिन पुगेको छ । यता कारोबार भने २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँमाथि भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।
बिहीबार बैंकिङ समूहको उपसूचक ५.५६ अंकमाथिले बढ्दा समग्र बजार नै प्रभावित बन्न पुगेको छ । यस्तै डेभलपमेन्ट बैंक समूह, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक हुँदा बाँकी ५ वटा उपसूचक मात्र ऋणात्मक भएका छन् ।
बिहीबार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको घटेको छ । बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्न पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ साउन २०८१, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार ३१ अंकले घट्यो, सवा ८ अर्बको कारोबार
बढ्यो सेयर बजार
शेयर बजारमा उच्च अंकको गिरावट, १० अर्ब बढीको कारोबार
सामान्य अंकले बढ्यो नेप्से, ११ अर्ब ७२ करोडको कारोबार
१४ अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार
सेयर बजार २७३४ अंकमा झर्यो