धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार (आज) विश्वासको मत लिंदैछन् । शाहले दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।
शाह कांग्रेस र एमालेको समर्थनमा २० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि शाहलाई २७ जनाको समर्थन आवश्यक पर्छ ।
शाहलाई कांग्रेसका १८ र एमालेका ११ गरी २९ जनाको समर्थन छ भने नागरिक उन्मुक्ति पार्टीसमेत सरकारमा भएकाले नाउपाले पनि विश्वासको मत दिनेछ । प्रदेश सभामा १० सिट रहेको माओवादी केन्द्र, ४ सिटको एकीकृत समाजवादी, राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र सदस्य डा. ताराप्रसाद जोशी प्रतिपक्षमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने छ : प्रदेश प्रमुख मियाँ
सुदूरपश्चिममा भोली सार्वजनिक बिदा
सुदूरपश्चिममा मुख्यमन्त्रीले बोलाएको बैठक निष्कर्षविहीन
स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारीले दिए धर्ना
सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
सभापति चयनका लागि तय भएको विषयगत समितिको निर्वाचन स्थगित