काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक आज बस्दैछन् । आज विकास, आर्थिक मामिला तथा सुशासन, संसदीय सुनुवाइ समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे संघीय संसद सचिवालयस्थित समितिकाे हलमा बस्नेछ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य शर्त रहेका सुशासन र यसको प्रवद्र्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा छलफल हुनेछ ।
यस्तै, संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक दिउँसो सवा १२ बजे संसद भवन नयाँबानेश्वरको शंकर हलमा बस्नेछ । बैठकमा सरकारले विभिन्न मुलुकका लागि सिफारिस गरेका १८ राजदूतको संसदीय सुनुवाइ प्रारम्भ गर्ने कार्यसूची रहेको छ ।
विधायन व्यवस्थापन समितिको बैठक सिंहदरबारस्थित समितिको बैठक कक्षमा दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यक्रम छ ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०८१, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुने घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिको निर्देशन
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
पाँच वटा संसदीय समितिको बैठक बस्दै
शिक्षा विधेयकमा सहमति जुटाउन उपसमिति बनाउँदै संसदीय समिति
आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसदीय समिति बैठकमा पानीजहाज सञ्चालन र व्यवस्थापन विधेयकमा छलफल हुँदै