काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको बैंगलोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा दुई साता प्रशिक्षण गर्ने भएको छ । नेपाली क्रिकेट टिमले आगामी सेप्टेम्बरमा हुने क्यानडा र ओमानविरुद्धको आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजको तयारीका लागि भारतीय क्रिकेट बोर्डको क्रिकेट एकेडेमी एनसीएमा दुई साता प्रशिक्षण गर्ने भएको हो ।
सो प्रशिक्षणका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २२ खेलाडीलाई छनौट गरिसकेको छ । नेपाली टोली सो प्रशिक्षणका लागि भारत प्रस्थान गरेको छ । क्यानले कप्तान रोहित पौडेलसहित २२ खेलाडी छानेको छ । नेपालले प्रशिक्षण क्याम्पका लागि बोलाएका खेलाडीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, अनिल शाह, देव खनाल, भिम सार्की, आरिफ सेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी, सुर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सगर ढकाल र सन्दीप जोरा रहेका छन् ।
नेपालले लिग-२ अन्तर्गत अहिलेसम्म ४ खेल खेलेको छ । जसमा एक खेल मात्र जितेको छ भने ३ खेलमा हार बेहोरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ साउन २०८१, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली क्रिकेट टोलीले भारतमा प्रशिक्षण गर्ने
नेपालले भारतमा त्रिकोणात्मक सिरिज खेल्ने