जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रीको संख्या २० पुर्याएको विषयमा जनमत पार्टीले मुख्यमन्त्री सतिशकुमार सिंहसँग स्पष्टीकरण सोधेको छ । साउन २२ मा मुख्यमन्त्री सिंहले ५ राज्यमन्त्री थपेका थिए । यससँगै मन्त्रिपरिषद् २० सदस्यीय भएपछि मुख्यमन्त्री र उनको दल जनमत पार्टीको चर्को आलोचना भइरहेको छ ।
आलोचना हुन थालेपछि जनमतले मुख्यमन्त्री सिंहलाई आज स्पष्टीकरण सोधेको हो । जनमतका प्रवक्ता डा. शरदसिंह यादवले पार्टीसँग समन्वय नगरी राज्यमन्त्री थपेकाले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको जानकारी दिए ।
पार्टीले दिएका निर्देशनहरू किन बेवास्ता गरेको भन्दै मुख्यमन्त्री सिंहसँग स्पष्टीकरण मागिएको छ । स्रोतका अनुसार सांसदलाई पाँच करोडको योजना दिने जस्ता विवादास्पद अभिव्यक्तिबारे पनि मुख्यमन्त्रीसँग पार्टीले स्पष्टीकरण सोधेको छ ।
जम्बो मन्त्रिपरिषद्बारे जनमतका अध्यक्ष डा. सीके राउतले मुख्यमन्त्रीको बचाउ गरेका थिए । सामाजिक सञ्जालमा आलोचना भएपछि उनले भनेका थिए, ‘यो गठबन्धनको सरकार हो । जनमत एक्लैले केही गर्न सक्दैन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैन : मुख्यमन्त्री सिंह
मधेश प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष यादवले लिए शपथ
मधेशको बजेट छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय
जसपा नेपालद्वारा मधेश प्रदेश सभा बैठक अवरुद्ध
मधेश सरकारबाट माओवादी, एकीकृत समाजवादीसहित ४ दलका मन्त्री बर्खास्त
मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहले लिए शपथ