काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले नेपालको हवाई सुरक्षा र सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको सम्बन्धमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकले १५ दिनभित्र विज्ञहरुबाट छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको लागि सिफारिस गर्न समेत निर्देशन दिएको हो ।
संसदीय समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुण कुमार चौधरी, मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायतसँग छलफल गरेको थियो ।
छलफलपछि समितिले नेपालमा हवाई नीति २०६३ सालदेखि कार्यान्वयनमा आए तापनि नेपालको हवाई उडान सुरक्षा सम्बन्धी छुट्टै नीति आवश्यक रहेको ठहर गरेको छ । र, उक्त नीति तर्जुमा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।
नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र संघीय संसदमा पेश गर्न/गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ साउन २०८१, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज तीनवटा संसदीय समितिको बैठक बस्दै
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न संसदीय समितिको निर्देशन
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई संसदीय समितिमा बोलाउन माग