शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके विश्वका लागि नेपाल अनुकरणीय बन्नेछ : सभापति देउवा

सफल खबर संवाददाता

बुधबार, २३ साउन २०८१, १३ : १०
शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके विश्वका लागि नेपाल अनुकरणीय बन्नेछ : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके विश्वका लागि नै नेपाल अनुकरणीय बन्ने बताएका छन ।

बुधवार सिंहदरबारमा टिआसी विधेयक सहमतिको प्रतिवेदन बुझ्दै उनले यस्तो प्रतिक्रिया दिए । उनले कार्यदलले मेहनतसँग छलफल गरी प्रतिवेदन तयार पारेकाले अब शान्ति प्रक्रियाका बाँकी टुंग्याएर विश्वलाई नै सन्देश दिनुपर्ने बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम पूर्ण रुपमा सम्पन्न भए नेपालबाट राम्रो सन्देश जाने र नेपालको शान्ति प्रक्रियाको अनुकरण गर्ने बताए । सबै धन्यवादका पात्र हुनुहुन्छ । नेपालले यसलाई राम्रोसँग कार्यान्वयन गरेको र टुंग्याएको खण्डमा संसरमा नै यो अनुकरणीय हुनेछ । र यसले नेपालको अझ पूर्ण रुपमा सम्पन्न भए नेपाललाई अनुकरणीय रुपमा लिनेछन् ।’

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन आज शिर्ष नेतालाई बुझाइएको हो ।
 

प्रतिक्रिया दिनुहोस