मन्त्रिपरिषद बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०८१, १० : ०७
मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अपराह्न ५ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा समसामयिक विषयका साथै मन्त्रालयले सम्पादन गरिरहेका काम, आइपरेका समस्या तथा समाधानका उपायका विषयमा छलफल हुनेछ ।

बैठकमा विभिन्न मन्त्रालयले ल्याउने प्रस्तावमा छलफल गरी निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस