काभा वुमन्स नेसन्स लिगमा मालदिभ्सविरुद्ध नेपालको जित

सफल खबर संवाददाता

सोमबार, २१ साउन २०८१, १८ : २५
काभा वुमन्स नेसन्स लिगमा मालदिभ्सविरुद्ध नेपालको जित

काठमाडौँ । काभा वुमन्स भलिबल नेसन्स लिगमा मालदिभ्सलाई सोझो सेटमा हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । आजको जितसँगै नेपालको भेट सेमिफाइनलमा इरानसँग पक्का भएको छ ।

दशरथ रंगशाला कभर्ड हलमा सोमबार भएको खेलमा नेपालले २५-८, २५-१९ र २५-१८ को जित दर्ता गर्‍यो । पहिलो सेटमा लगातार दबाब बनाउँदै जित निकालेको थियो ।

दोस्रो सेटमा भने नेपालले बेन्चमा रहेका खेलाडीलाई मौका दियो ।

दोस्रो सेटमा भने नेपाललाई ५-५ को बराबरीसम्म टक्कर दिएको थियो । दोस्रो सेटमा १३ बराबरीसम्म पुर्‍याएको थियो ।

१५-१३ को अवस्थामा नेपाललाई पछि छोड्यो । नेपालले त्यसपछि २ जना पहिलो रोजाइका खेलाडीलाई कोर्टमा ल्यायो । निरुता ठगुन्ना र लिबेरो सलिना श्रेष्ठ मैदानमा आएपछि नेपालले मालदिभ्सलाई १८-१८ मा आएर बल्ल भेटायो । त्यसपछि भने लगातार अग्रता बनाउँदै जित हात पार्‍यो ।

तेस्रो सेटको सुरुवातमा केहीबेर माल्दिभ्सले प्रतिस्पर्धा गरे पनि पछि भने नेपालले अग्रता बनाउँदै जित हात पार्‍यो ।

प्रतिक्रिया दिनुहोस