काभा वुमन्स नेसन्स लिग आजदेखि सुरु हुँदै

सफल खबर संवाददाता

विहीबार, १७ साउन २०८१, ११ : १४
काभा वुमन्स नेसन्स लिग आजदेखि सुरु हुँदै

काठमाडौँ। काभा वुमन्स नेसन्स लिग भलिबल आजदेखि काठमाडौँमा सुरु हुँदैछ । प्रतियोगिता उद्घाटन खेलमा घरेलु टोली नेपाल र श्रीलंका प्रतिस्पर्धा हुने भएको छ । मध्य एसियाका क्याटेगोरी ए र क्याटेगोरीका बी का पाँच टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

 त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ । नेपाल र श्रीलंकाबीच सन् २०२१ पछि पहिलो पटक खेल हुन लागेको हो । सन् २०२१ मा बंगलादेशमा भएको एभिसी एसियन सेन्ट्रल जोनमा पाँच सेटमा नेपालले श्रीलंकालाई पराजित गरेको थियो ।

आजै हुने दोस्रो खेलमा भारत र इरान खेल्नेछन् । सो खेल आज साँझ ६ बजे सुरु हुनेछ ।  प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता छ । इरान पहिलो पटक नेपालमा खेल्न आएको हो ।

लिगमा शीर्ष चारमा रहने टोली सेमिफाइनल पुग्नेछ भने पाँचौ हुने टोली बाहिरिनेछ । लिगमा पहिलो हुने र चौथो हुने टोलीबीच पहिलो सेमिफाइनल हुनेछ भने दोस्रो र तेस्रो हुनेबीच दोस्रो सेमिफाइनल हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस