काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।
संविधानको धारा १६८ (२) बमोजिम दुई या दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको अवधि तोकिएको छ । ५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ जना प्रदेश सभा सदस्य संख्या आवश्यक हुन्छ । प्रदेशमा कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । नेपाली कांग्रेस र एमालेको भागबण्डामा सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसको भागमा परेको छ ।
तर, कांग्रेसले भने को मुख्यमन्त्री हुने भन्ने टुंगो लगाएको छैन । संसदीय दलका नेता कमलबहादुर शाह, सांसदहरु प्रकाश देउवा, बहादुरसिंह थापा र दिवानसिंह बिष्टको मुख्यमन्त्रीमा चर्चा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ साउन २०८१, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता
इद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने छ : प्रदेश प्रमुख मियाँ
सुदूरपश्चिममा भोली सार्वजनिक बिदा
सुदूरपश्चिममा मुख्यमन्त्रीले बोलाएको बैठक निष्कर्षविहीन
स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारीले दिए धर्ना
सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै