काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन काँग्रेस र एमालेले ह्विप जारी गरेका छन् । आज संसदीय दलको कार्यालय बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।
आज साँझ ४ बजे प्रदेश सभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन लागेका हुन् । उक्त बैठकमा अनिवार्य उपस्थित हुन र विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सोडारीले विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ । सुदूरपश्चिममा काँग्रेसका १८ र एमालेका ११ सांसद छन् । दुवै दलले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै सोडारीले विश्वासको मत नपाउने निश्चित भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ साउन २०८१, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने छ : प्रदेश प्रमुख मियाँ
सुदूरपश्चिममा भोली सार्वजनिक बिदा
सुदूरपश्चिममा मुख्यमन्त्रीले बोलाएको बैठक निष्कर्षविहीन
स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारीले दिए धर्ना
सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
सभापति चयनका लागि तय भएको विषयगत समितिको निर्वाचन स्थगित