काठमाडौँ । कैलालीका थप एक जनामा हैजा पुष्टि भएको छ । कैलालीमा पर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १ का थप एक जनाका हैजा पुष्टि भएको हो । योसँगै देशभर २३ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
ईडीसीडीका अनुसार कैलालीमा मात्रै हैजाका बिरामीको सङ्ख्या ८ पुगेको छ । यस्तै, काठमाडौँको टोखाका १ जनामा हैजा देखिएको छ । सबै भन्दा धेरै ललितपुरको गोदावरी, ग्वार्को, इमाडोल लगायत विभिन्न स्थानका १४ जनामा हैजा सङ्क्रमण फेला देखिएको थियो । यिनीहरू निको भइसकेको स्रोतले जनाएको छ ।
दिशाजन्य पदार्थ पानी वा खाने वस्तुमा मिसिन गई हैजा सङ्क्रमण फैलने गर्दछ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १८ साउन २०८१, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली
हैजा सङ्क्रमितको संख्या ५८ पुग्यो
५५ पुग्यो हैजा संक्रमितको संख्या
डेंगु र हैजाका संक्रमित बढे
हैजा संक्रमितको संख्या २७ पुग्यो, उपत्यकामा सबैभन्दा बढी
हैजा सङ्क्रमण : कुन उमेर समूह बढी प्रभावित ?