हैजा संक्रमितको संख्या २७ पुग्यो, उपत्यकामा सबैभन्दा बढी

सफल खबर संवाददाता

सोमबार, २१ साउन २०८१, ११ : ३१
हैजा संक्रमितको संख्या २७ पुग्यो, उपत्यकामा सबैभन्दा बढी

काठमाडौँ । मुलुकभर हैजा संक्रमितको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २७ पुगेको हो ।  

सबैभन्दा बढी ललितपुरमा १६ र काठमाडौँमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसै गरी कैलालीमा आठ र प्युठानमा दुई जनालाई हैजा पुष्टि भएको छ । भक्तपुर चाँगुनारायणका एक जनालाई हैजा पुष्टि भए पनि उनको ललितपुरमै गणना गरिएको छ ।

गर्मी र बर्खाको समयमा झाडापखाला, हैजा तथा पानीजन्य रोग फैलिने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह  गरेको  छ । महाशाखाले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस