कक्षा १२ को नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका (सूचनासहित)

सफल खबर संवाददाता

शुक्रबार, १८ साउन २०८१, ११ : ३८
कक्षा १२ को नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका (सूचनासहित)

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।  बाेर्ड बैठक सकिएलगतै नतिजा सार्वजनिक  गरेकाे बाेर्डले जनाएकाे छ ।

गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए ।

त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया दिनुहोस