नेपाल प्रिमियर लिगको फ्रेन्चाइज खरिद गर्न क्यानको आह्वान, दरखास्त शुल्क एक लाख

सफल खबर संवाददाता

शुक्रबार, १८ साउन २०८१, १० : ३०
नेपाल प्रिमियर लिगको फ्रेन्चाइज खरिद गर्न क्यानको आह्वान, दरखास्त शुल्क एक लाख

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगको फ्रेन्चाइज खरिदका लागि सार्वजनिक सूचना निकालेको छ ।

अगस्ट १६ तारिखसम्मको समयसीमा दिएर क्यानले शुक्रवार सूचना निकालेको हो । फ्रेन्चाइज खरिदका लागि चारवटा मापदण्ड तोकिएको छ । दरखास्तका लागि १ लाख रुपैयाँ शुल्क तोकिएको छ ।

जसअनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हुनुपर्ने, भ्याटमा दर्ता र करचुक्ता प्रमाणपत्र अद्यावधिक भएको हुनुपर्ने उल्लेख छ ।

यस्तै, विदेशी कम्पनीको हकमा नेपाली कम्पनीसँग साझेदारी गरेको हुनुपर्ने र कम्पनी र कम्पनीमा रहेका व्यक्तिहरू विगतमा कुनै आपराधिक संलग्नता नभएको हुनुपर्ने तोकिएको छ ।

क्यानले आगामी नोभेम्बर–डिसेम्बर (कात्तिक–मंसिर) मा प्रिमियर लिग गर्ने निर्णय गरेको छ । यद्यपि प्रतियोगिताको मिति भने तय भइसकेको छैन । 

प्रतिक्रिया दिनुहोस