शास्त्रीय संगीतका गुरु कामतको निधन

सफल खबर संवाददाता

विहीबार, १७ साउन २०८१, ११ : २४
शास्त्रीय संगीतका गुरु कामतको निधन

काठमाडौँ । शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन भएको छ । आज बिहान ७:३० बजे आफ्नै जन्मथलो सिराहाको लक्षम्पीर पतारी गाउँपालिका २ पोखरभिण्डामा निधन भएको छ । 

लामो समयदेखि मिर्गौला रोगबाट पीडित शास्त्रीय सङ्गीतका गुरु कामतको ६९ वर्षको उमेरमा निधन भएको हो । उनले पछिल्ला ४० वर्ष देखि निरन्तर काठमाडौँमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस