कामतको शोकमा राष्ट्रिय झन्डा आधा झुकाइँदै

सफल खबर संवाददाता

शनिबार, १९ साउन २०८१, १० : ०७
कामतको शोकमा राष्ट्रिय झन्डा आधा झुकाइँदै

काठमाडौ । शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधनको शोकमा मधेस सरकारले साउन २० गते (आइतबार) राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ।

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शोक मन्तव्य प्रकाशित गर्दै आइतबार राष्ट्रिय झन्डा आधा झुकाउने जनाएका हुन्। 

शास्त्रीय सङ्गीतकार, गीतकार र लोकगीतका गायकसमेत रहेका गुरुदेवको निधनले एक बहुमूल्य रत्न मधेश प्रदेशले गुमाएको शोक मन्तव्यमा उल्लेख छ। 

मिर्गौला समस्याबाट पीडित कामतको बिहीबार ६९ वर्षको उमेरमा निधन भएको थियो। 

काठमाडौँमा बसेर उपचार गराउन नसकेपछि उनी गएको असार २९ गते मात्रै जन्मथलो फर्किएका थिए। 

प्रतिक्रिया दिनुहोस