काठमाडौँ । सरकारले त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने भएको छ । गृह मन्त्रालयका अनुसार बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको छ ।
‘खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेका छौँ’ अर्यालले बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने ।मुग्लिन–नारायणघाट सडकअन्तर्गत सिमतालमा २८ असारमा लेदो सहितको पहिरोमा परी दुई वटा बस बगेका थिए । बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएका थिए । हालसम्म २४ वटा शव फेला परेका छन् ।
अन्य यात्रु र बसको अवस्था पत्ता लागेको छैन । यसअघि बेपत्ता यात्रु र बस खोज्न भारतीय जनशक्तिसमेत परिचालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहले गर्यो एक सिडिओसहित दुई उपसचिवको सरुवा
सात जिल्लाका सिडिओसहित १३ अधिकारीहरूको सरुवा (सूचीसहित)
गृह मन्त्रालयले गर्यो ६ जिल्लाका सिडिओ परिवर्तन (सूचीसहित)
स्ववियु चुनावको मतगणना नसकिएसम्म सुरक्षा व्यवस्था गर्नू : गृह मन्त्रालय
२०८२ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित)
पाथीभरा केवलकार विवादमा गृह मन्त्रालयद्वारा फेरि वार्ता आह्वान