‘साइबर दुर्व्यवहार’ नियन्त्रणका लागि नयाँ नियम लागू गर्दै चीन

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०८१, १६ : ३७
‘साइबर दुर्व्यवहार’ नियन्त्रणका लागि नयाँ नियम लागू गर्दै चीन

काठमाडौं। बेइजिङ– चीनले इन्टरनेट प्रयोगकर्तालाई साइबरस्पेसमा हुने दुर्व्यवहार तथा हिंसाबाट जोगाउने उदेश्यले बिहीवारदेखि नयाँ नियमावली लागू हुने जनाएको छ ।

नयाँ नियमले अपमान, अफवाह, मानहानी र भेदभावजस्ता अवैध वा हानिकारक अनलाइन हिंसा रोक्नको लागि इन्टरनेट सूचना सेवा प्रदायकले प्रयोगकर्तालाई  व्यक्तिगत मेसेजहरू स्वीकार वा अस्वीकार गर्ने विकल्प प्रदान गर्दछ ।

नयाँ नियमले इन्टरनेट सूचना सेवा प्रदायकलाई ‘बौद्धिक सूचना छनोट’, ‘कस्टम किवर्ड छनोट’जस्ता कार्यहरू कार्यान्वयन गर्न प्रोत्साहित गरेको छ ।

सेवा प्रदायकले प्रयोगकर्ताको अधिकारको रक्षाका लागि प्रमाण सङ्कलनलगायतका कार्यहरू गर्न आवश्यक रहेको प्रावधान नियममा समेटिएको छ ।

चीनको साइबरस्पेस प्रशासन, सार्वजनिक सुरक्षा मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र  रेडियो र टेलिभिजन प्रशासनले संयुक्त रूपमा यो नियमावली जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस