सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०८१, १० : ४३
सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम

काठमाडौँ । सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार १०० रुपैयाँ कायम भएकोमा मंगलबार मात्र १०० रुपैयाँ घटेर १ लाख ४६ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।यसैबिच सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएकोमा मंगलबार १ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।